stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दराज महाबचत बजार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । दराज कम्पनीले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु भएकोे घोषणा गरेको छ ।

ग्राहकलाई दराजमा किनमेल गर्दा ६० प्रतिशतसम्म छुट र अनलाइन प्री पेमेन्टमा एक हजार पाँच सय छुटको व्यवस्था गरेको छ । सो सेवा आइतबारदेखि सुरु भएको कम्पनीले जनाएको छ ।

डेबिट कार्डबाट प्री पेमेन्ट गरेमा १० प्रतिशत र क्रेडिट कार्डबाट प्री पेमेन्ट गरेमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एभरेस्ट बैंक, बैंक अफ काठमाण्डू, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकासबैंक र एनसीसी बैंकका कार्डवाहकले छुटको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशतसम्म छुटको व्यवस्था पाउने छन् ।

 

prabhu mahalaxmi
kumari