stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनसीसी बैंकको खुद नाफा ५१.९८% ले बढेर २ अर्ब २ करोड रुपैयाँ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा एनसीसी बैंकको खुद नाफा ५१.९८५ ले बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी ३१.९३५ ले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ३९.१७५ ले बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८३ पैसाले बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा थियो । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा छ ।

prabhu mahalaxmi
kumari