२ वटा विकास बैंकलाई नेपाल राष्ट्र बैंकद्वारा कारवाही
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा विकास बैंकलाई नगद जरिवाना गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमासम गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा २ विकास बैंकलाई नगद जरिवाना गरेको हो ।
राष्ट्र बैंकले कर्णाली विकास बैंक र सिन्धु विकास बैंकलाई कारवाही गरेको हो । यी २ बैंकले अनिवार्य तेस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात कायम नगरेकोले राष्ट्र बैंकले कारवाही गरेको हो ।
राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई एक पटक २० हजार ३ सय ५६ रुपैयाँ ७८ पैसा र अर्को पटक २ हजार १ सय ६३ रुपैयाँ २६ पैसा नगद जरिवाना गरेको हो । सिन्धु विकास बैंकलाई भने १७५ रुपैयाँ ४६ पैसा जरिवाना गरिएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा कर्णाली विकास बैंक तेस्रो पटक कारवाहीमा परको हो । सिन्धु विकास बैंक भने पहिलो पटक कारवाहीमा परेको हो ।
राष्ट्र बैंकले यस अघि प्रथम त्रैमासमा अनिवार्य नगद मौज्दात कायम नगरेकोमा रिलायन्स फाइनान्सलाई १ हजार ७ सय ८६ रुपैयाँ ९९ पैसा, र कर्णाली डेभलपमेन्ट बैंकलाई २ हजार ४ सय ९६ रुपैयाँ १० पैसा नगद जरिवाना गरेको थियो ।
त्यस्तै दोस्रो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंकलाई १ हजार ७ सय १२ रुपैयाँ ६८ पैसा नगद जरिवाना गरेको थियो । ‘ग’ वर्गका संस्था (वित्त कम्पनी) हरुलाई आ।व।२०७८/७९ को तेस्रो त्रयमासमा कुनै हर्जाना नलगाइएको राष्ट्र बैंकले जनाएको छ।
गैर स्थलगत सुपरिवेक्षणको आधारमा अनिवार्य मौज्दात कायम नगरेको, वैधानिक तरलता कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा पर्याप्त प्रवाह नगरेको पाईए राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्ने गरेको छ ।























