citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सानिमा बैंकले असार १० गतेबाट ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सानिमा बैंकले शुक्रबार असार १० गतेबाट ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दैछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो ।

यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

 

यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेकाले २० लाख इकाई नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

सानिमाले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । अर्थात् यसमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ ।

बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्टले गर्नेछ । यस ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार २४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

himalayan life insurance
igi long