citizens life insurance long ad
stcnepal long ad

सन् २०२२ मा ताइवानको आर्थिक वृद्धि ३.७५ प्रतिशत हुने प्रक्षेपण

Nimb long ad
Prabhu Insurance Long Ad

ताइपेइ । ताइवानको मौद्रिक नीति अख्तियार गर्ने सरकारी निकायले यस वर्ष ताइवानको आर्थिक वृद्धि ३.७५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । उक्त संस्थाले उपभोक्ता मूल्य सूचकांक (सिपिएल) को वृद्धिदर २.८३ प्रतिशत रहने अनुमान गरेको छ ।

यसै हप्ताको सुरूमा सार्वजनिक सरकारी तथ्यांक अनुसार कोभिड–१९ महामारीको कारण खपत सुस्तता र औद्योगिक पुनः स्थापनालाई ध्यानमा राख्दै आर्थिक वृद्धि तथा उपभोक्ता मूल्य सूचकांकलाई समायोजन गरिएको हो ।

 

 

यस पहिले मार्चमा सार्वजनिक तथ्यंकमा सरकारले ताइवानको अर्थतन्त्र ४.०५ प्रतिशतले वृद्धि हुने र उपभोक्ता खर्च मूल्य वार्षिक २.३७ प्रतिशत कायम रहने उल्लेख गरिएको थियो ।

तथ्यांकअनुसार मे महिनामा ताइवानको उपभोक्ता मूल्य ३.३९ प्रतिशतले वृद्धि भएको थियो । यसलाई अधिकारीले झन्डै एक दशकमा भएको सबैभन्दा ठूलो उपलब्धि भनेका छन् । रासस/सिन्ह्वा

IME Life
kumari