stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैङ्कको निर्देशनमा खुल्न थाले आयात रोकिएका वस्तुको एलसी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको निर्देशनमा २१ चैतदेखि आयात रोकिएका वस्तुहरूको प्रतीत पत्र (एलसी ) खुल्न थालेको छ । केन्द्रीय बैङ्कको मौखिक निर्देशनबाट आयात रोकिएका वस्तुहरूको आयात एलसी पुनः मौखिक निर्देशनकै भरमा खुल्न थालेको बैङ्क तथा व्यापारीहरूले बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात रोक्ने वस्तुको सूची राजपत्रमा सूचना प्रकाशित गरेपछि राष्ट्र बैङ्कको मौखिक निर्देशनमा रोकिएको एलसी नियमित भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत हप्ताको अन्त्यतिरबाट सुन आयातको एलसी खुलेको महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।

बन्दपछि खोलिएको एलसीको सुन आउन भने अझै केही दिन लाग्ने पनि अध्यक्ष शाक्यले बताए । नेपाल इम्पोटर्स एसोसिएसनले पनि सरकारले तोकेको १० प्रकारबाहेकका अन्य वस्तुको आयातको एलसी खुलेको जनाएको छ ।

करिब ३ सय प्रकारका शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिएका वस्तुको आयात एलसी खुलेको सङ्घका वरिष्ठ उपाध्यक्ष एसबी ढकालले बताए ।

prabhu mahalaxmi
kumari