SCT ले कर्पोरेट इन्टरनेट बैंकिङ सुरु गर्यो
काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले स्विफ्ट टेक्नोलोजिज (Swift) सँगको सहकार्यमा Internet Banking सेवा औपचारिक रूपमा सफलतापूर्वक सुरुवात गरेको छ। SCT कर्पोरेट, साना र मध्यम उद्यम ९एसएमई०, मिड कर्पोरेटदेखि ठूला कम्पनीसम्मलाई लक्षित गरेर सेवा सुचारु गरेको छ।
यस सेवा मार्फत ग्राहकहरूले Hierarchical Approval Mechanism, single तथा दगपि अपलोडमार्फत कारोबार गर्ने सुविधा,bulk अपलोड मार्फत कारोबार गर्ने सुविधा, Maker – Checker प्रक्रिया, बिल भुक्तानी, तलब व्यवस्थापन, रकम स्थानान्तरण जस्ता सुविधाहरू सहज रूपमा उपयोग गर्न सक्नेछन्। साथै, प्रयोगकर्तामैत्री इन्टरफेस, सरल कन्फिगरेसन मेनु र व्यवसायहरूको आवश्यकता अनुरूप कस्टमाइज गर्न मिल्ने विशेषताहरूसमेत उपलब्ध छन्।
हाल यस Corporate Internet Banking सेवामा आबद्ध हुने नेपालमा पहिलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड बनेको छ। बैंकले यस सेवालाई Corporate Internet Banking नाममा आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ, जसले बैंकका कर्पोरेट तथा व्यवसायिक ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव उपलब्ध गराएको छ।
Biznex मार्फत ग्राहकहरूले दैनिक वित्तीय गतिविधिहरूलाई स्वचालित, द्रुत र व्यवस्थित बनाउन सक्ने भएकाले बैंकको सेवा क्षमतामा उल्लेखनीय वृद्धि भएको छ। यसका साथै, यस सेवाले वित्तीय कारोबारको पारदर्शिता, दक्षता र कार्यप्रवाह व्यवस्थापनलाई अझ मजबुत बनाइदिएको छ, जसले डिजिटल बैंकिङको नयाँ मापदण्ड स्थापनामा सहयोग पुर्याएको छ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UnionPay कार्ड तथा VISA कार्ड जारी गर्दै आइरहेको छ । SCT ले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई Smart QR, Smart Pay – IBFT (अन्तर बैंक भुत्तफनी सेवा),Smart Banking मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
बिगत ३ वर्षदेखि SCT ले सञ्चालन गर्दै आएको Smart Banking सेवा संस्थाको Retail Omni Channel रुपमा स्थापित भइसकेको छ।
यो आधुनिक र बहुआयामिक सेवा मार्फत ग्राहकहरूले एकै प्लेटफर्मबाट विभिन्न बैँकिङ सुविधा सहज रूपमा प्रयोग गर्न सक्ने वातावरण तयार भएको छ।
यस Retail Banking सेवा लाई देश तथा विदेशमा रहेका लाखौं ग्राहकहरूले निरन्तर रूपमा उपयोग गरिरहेकाले, सेवा विस्तारदेखि दैनिक जीवनका वित्तीय आवश्यकतासम्मका सबै कार्यहरू अझ सरल, सुरक्षित र भरपर्दो बनेका छन्।





























