stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैङ्कले ५० रुपियाँ दरका ४२ करोड थान नोट छापिँदै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ५० रुपियाँ दरका ४२ करोड थान नोट छाप्ने भएको छ । राष्ट्र बैङ्कले नोट छाप्नका लागि चिनियाँ कम्पनी ‘चाइना बैङ्क नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको छ ।

राष्ट्र बैङ्कले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामा सबैभन्दा कम मूल्यमा प्रस्ताव पेस गर्ने उक्त कम्पनी छनोट भएको जनाइएको छ ।

सम्झौता अनुसार उक्त कम्पनीले ५० रुपियाँ दरका ४२ करोड थान नोटको डिजाइन, छपाइ र आपूर्ति गर्ने छ ।

यसका लागि राष्ट्र बैङ्कले उक्त कम्पनीसँग एक करोड चार लाख २२ हजार ५३५.२१ अमेरिकी डलर (हालको विनिमय दर अनुसार करिब एक अर्ब ४८ करोड रुपियाँ) मा सम्झौता गरेको जनाएको छ । नयाँ नोटको डिजाइन भने राष्ट्र बैङ्कको स्वीकृत नीति अनुसार तय गरिने बताइएको छ ।

prabhu mahalaxmi
kumari