sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन्। नव नियुक्त अध्यक्ष उप्रेतीले एक औपचारिक कार्यक्रमका बीच डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

त्रिभुवन विश्व विद्यालयका एमबीए डिग्री होल्डर उप्रेतीसँग राष्ट्र बैंकको विभिन्न विभागमा २७ वर्ष बढी काम गरेको लामो अनुभव रहेको छ। हाल उनी राष्ट्र बैंकको गैर बैंक तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा आबद्ध छन्।

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन्।

prabhu bank
nawakantipur long