stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साढे ६८ खर्ब नाघ्यो बैंकहरुमा निक्षेप, ८०% कर्जा लगानी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकहरुमा निक्षेप साढे ६८ खर्ब रुपैयाँ नाघेको छ। कुल निक्षेपको ८० प्रतिशतमात्रै बैंकहरुले कर्जा लगानी गरेको देखिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६८ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६८ खर्ब ४९ अर्ब रुपैयाँ थियो।

तथ्यांक अनुसार वैशाख २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५५ खर्ब १० अर्ब रुपैयाँ लगानी गरेका छन्। जुन बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८०.४१ प्रतिशत हो। नियामकीय प्रावधानअनुसार बैंकहरुले आफूसँग भएको कुल निक्षेप ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन्।

वैशाख २१ गतेसम्म वाणिज्य बैंकहरुमा मात्रै कुल निक्षेप ६१ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। जुन अघिल्लो दिनको तुलनामा ३ अर्ब रुपैयाँले बढी हो।

वाणिज्य बैंकहरुले वैशाख २१ गतेसम्म ४८ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यो लगानी वाणिज्य बैंकहरुको कुल निक्षेपको ७९.९५ प्रतिशत हो।

वैशाख २१ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ७९.२० प्रतिशत रहेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७९.२२ प्रतिशत थियो। बैंकको अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।

prabhu mahalaxmi
kumari