किन बढयो बैंकहरूको खराब कर्जाको प्रतिशत ?

काठमाडौं । मुलुकमा आर्थिक मन्दी बढदै जादा,घर जग्गा,सेयर कारोवार,सवारीसाधन बिक्री,बन्द व्यापार घटदै जादा र ओैद्योगिक उत्पादन र निर्यात घटदै जादा कारोवार र नाफा कम हुँदा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लगातार बढ्दै गएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यां कअनुसार २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा दुई खर्ब ६७ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ रहेको छ । जुन कुल कर्जा प्रवाहको ४.९२ प्रतिशत हुन आउछ । बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५४ खर्ब ३३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१९ प्रतिशत अर्थात् ७७ अर्ब ७० करोड ४६ लाख १९ हजार सात सय रुपैयाँ बढी रहेको पाइएको छ । गत २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले ५० खर्ब ८३ अर्ब ६५ करोड ९० लाख रुपैयाँँ कर्जा प्रवाह गरेका थिए।
त्यस बेलामा निष्क्रिय कर्जा ३.७३ प्रतिशत अर्थात् एक खर्ब ८९ अर्ब ६२ करोड चार लाख रुपैयाँँ मात्र थियो । अहिले खराब कर्जाको प्रतिशत ५ प्रतिशत भन्दा माथि पुगेको देखिन्छ। कतिपय बैंक तथा वित्तिय संस्थाहरूले असल ऋणीहरूलाई ऋणको व्याज र साँवा तिर्न थप ऋण दिएर पुरानो ऋणको व्याज भुक्तानी गराएका छन।
त्यही ठाउँमा नयाँ ऋण दिएर कागजी व्याज आम्दानी र ऋणको भुक्तानी भएको देखाएकाले पनि यथार्थमा खराव कर्जा अर्थात निश्क्रिय कर्जाको प्रतिशत अरू बढन सक्ने आशंका गरिदै आएको छ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले गत २०८१ माघ मसान्तसम्म ४८ खर्ब १८ अर्ब ४४ करोड ७० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा ४.७३ प्रतिशत अर्थात् दुई खर्ब २७ अर्ब ९१ करोड २५ लाख रुपैयाँँ खराब कर्जा देखिएको पाइएको छ ।
जुन अघिल्लो वर्षको माघ मसान्तको तुलनामा १.१०अर्थात् ६४ अर्ब ८१ करोड ७६ लाख रुपैयाँ बढी हो । गत २०८० माघ महिनासम्म वाणिज्य बैंकहरूले ४४ खर्ब ९२ अर्ब ९७ करोड ३० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा ३.६३ प्रतिशत अर्थात् एक खर्ब ६३ अर्ब नौ करोड ४९ लाख १९ हजार रुपैयाँ खराब कर्जा रहेको थियो ।
सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले गत २०८१ माघ मसान्तसम्म पाँच खर्ब १३ अर्ब ४३ करोड रुपैयाँँ कर्जा प्रवाह गर्दा ५.११ प्रतिशत अर्थात् २६ अर्ब २३ करोड ६२ लाख ७३ हजार रुपैयाँँ खराब कर्जा रहेको छ ।
जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५० प्रतिशत अर्थात् आठ अर्ब ३४ करोड ४२ लाख १० हजार पाँच सय रुपैयाँँ बढी हो ।
अघिल्लो वर्ष माघसम्म विकास बैंकहरूले चार खर्ब ९५ अर्ब ६२ करोड ५० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा ३.६१ प्रतिशत अर्थात् १७ अर्ब ८९ करोड २० लाख ६२ हजार पाँच सय रुपैयाँँ खराब कर्जा रहेको थियो ।
फाइनान्स कम्पनीहरूले पनि गत २०८१ माघसम्म एक खर्ब एक अर्ब ५५ करोड ९० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा १२.८५ प्रतिशत अर्थात् १३ अर्ब पाँच करोड तीन लाख ३१ हजार पाँच सय रुपैयाँ खराब कर्जा छ ।
जुन एक वर्षअघिको तुलनामा ३.६७ प्रतिशत अर्थात् चार अर्ब ३२ करोड ३७ लाख ३१ हजार रुपैयाँँ बढी हो । अघिल्लो वर्ष माघसम्म फाइनान्स कम्पनीहरूले ९५ अर्ब ६ करोड १० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा ९.१८ प्रतिशत अर्थात् आठ अर्ब ७२ करोड ६५ लाख ९९ हजार आठ सय रुपैयाँँ खराब कर्जा रहेको थियो ।