sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट २५ अर्ब रुपैयाँको तरलता तान्दै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट २५ अर्ब रुपैयाँको तरलता तान्ने निर्णय गरेको छ।यो कदम अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको माध्यमबाट गरिने जनाएको छ ।

आज मंगलबार बोलकबोलको प्रक्रिया शुरु हुनेछ, जसमा बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँसम्मको रकम बोलकबोल गर्न सक्नेछन्। बोलकबोलमा निक्षेप संकलनको ब्याजदर निर्धारण गरिनेछ र यसमा बहु ब्याजदरको विकल्प पनि खुला हुनेछ।

सिर्फ (क) (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरुले यस प्रक्रिया भाग लिन पाउनेछन्। यो प्रक्रिया २२ दिने निक्षेप संकलन उपकरणका रुपमा सञ्चालन हुनेछ र चैत ६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसअघि, राष्ट्र बैंकले फागुन ४ र ६ गतेमा क्रमशः ४० र ४० अर्ब रुपैयाँ र ११ गते ३० अर्ब रुपैयाँ तरलता तानिसकेको छ।

gold
kumari bank
nawakantipur long