stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेची भन्सारबाट मात्र उठ्यो करिव ८ अर्ब ८४ करोड राजश्व

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा रु नौ अर्ब ६० करोड ९२ लाख १५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य थियो ।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा राजस्व रु आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजश्व सङ्कलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो ।

चालु आर्थिक वर्षको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट रु पाँच अर्ब २८ करोड १४ लाख २२ हजार राजस्व सङ्कलन भएको छ ।

यसैगरी तरकारीको आयतबाट रु ४४ करोड २५ लाख ४२ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट रु २४ करोड ७५ लाख ९१ हजार, दलहनबाट रु १५ करोड ९६ लाख ८५ हजार, खनिज उत्पादनबाट रु १५ करोड ७३ लाख २५ हजार राजश्व सङ्कलन भएको सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको सात महिनामा रु १६ अर्ब चार करोड ४८ लाख ६३ हजार बराबरको वस्तु निर्यात हुँदा रु नौ करोड २२ लाख २९ हजार र रु २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजार बराबरको वस्तु आयात गरिँदा रु आठ अर्ब ७५ करोड ६४ लाख ६३ हजार राजश्व सङ्कलन भएको छ ।।

prabhu mahalaxmi
kumari