citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

भारतले आयकर छुट दिएपछि नेपालमा पनि करको व्यवस्था पुनरावलोकन गर्न सुझाव

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । भारतमा यसै हप्ता सार्वजनिक भएको बजेटमा आयकर छुट दिएपछि नेपालमा पनि यसबारे बहस शुरू भएको छ । भारतको बजेटका अनुसार अब वार्षिक १२ लाख भारुसम्म कमाउनेले आयकर तिर्नुपर्दैन ।

यसअघि सन् २०१४ मा साढे २ लाख, २०१९ मा ५ लाख, २०२३ मा ७ लाख भारुसम्म कमाउनेलाई आयकर छुट थियो । भारत सरकारले यो बजेटमार्फत नागरिकलाई निकै छुट र सुविधा पनि ल्याएको छ ।

भारत सरकारले १२ लाख भारुसम्मको आयमा करमा नलाग्ने र अरु करमा समेत कमी ल्याएपछि नेपालमा पनि करबारे बहस हुन थालेको हो । नेपालमा करका दरहरु निकै धेरै भएको र करको सदुपयोगसमेत नभएको भन्दै विज्ञहरुले अब करका दरमा पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

कर विज्ञ डाक्टर चन्द्रमणि अधिकारीले अब नेपालमा सबै प्रकारका करमा व्यापक पुनरावलोकनको जरुरी रहेको बताउनुभयो । भारतले एक वर्षमा १२ लाख भारु अर्थात् झण्डै २० लाख नेपाली रुपैयाँ कमाउनेलाई कर तिर्न नपर्ने बनाएको छ । तर नेपालमा २० लाख रुपैयाँसम्मको करयोग्य आयमा ३० प्रतिशतसम्म कर तिर्नुपर्छ ।

५० लाख रुपैयाँ भन्दा माथि कमाउनेले ३९ प्रतिशतसम्म कर तिर्नुपर्छ । भन्सार कर, आयकर, भ्याट, अन्त शुल्क, शिक्षा, स्वास्थ्य लगायतका करले नागरिक र उद्योगी व्यवसायी हैरान छन् ।

समग्रमा हेर्दा नेपालका करका दर दक्षिण एशियाकै महँगो भएको कर विज्ञ अधिकारीको भनाइ छ । भारतले औषधिमा पनि कर कम गरेको छ । देशमै उद्योग कलकारखाना बढाउने भनेर कच्चा पदार्थको करमा कटौती भएको छ ।

अनुदान र कर छुट पाएका भारतीय उद्योगीले सस्तोमा उत्पादन गर्छन, तर नेपालमा त्यस्तो छैन । यसै पनि कर महँगो भएकाले छिल्लो समय तीन वटा सरकारले मनलाग्दी कर लिँदा करदाता हैरान छन् ।

सङ्घीय सरकारले मात्रै २० थरी कर उठाउँछ भने प्रदेश र पालिकाले थप एक दर्जन शीर्षकमा कर उठाउँछन् । दोहोरो करको समस्या हटाउन तीन तहका सरकारको समन्वय हुन जरुरी रहेको कर विज्ञ चन्दमणि अधिकारीको भनाइ छ ।

gold
himalayan life insurance long ad
kumari bank