citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सरकारले विकास ऋणपत्र मार्फत थप १० अर्ब आन्तरिक ऋण लिँदै 

३ महिनाभित्र १ खर्ब १३ अर्ब उठाउने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सरकारले विकास ऋणपत्रको बोलकबोल मार्फत थप १० अर्ब रुपैयाँ रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज विहीबार सो रकम बराबरको आन्तरिक ऋण उठाउन विकास ऋणपत्र २०८९ नामको ऋणपत्र जारी गरेको छ । सरकारले ८ वर्ष अवधिका लागि उक्त ऋण लिन लागेको हो ।

विकास ऋणपत्र २०८९ को माघ १० गते विहीबार विहान १० बजेदेखि अपराह्न २ बजेसम्म बोलकबोल हुनेछ भने माघ ११ गते शुक्रबार निष्कासन हुने जनाइएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने कार्यालयले जनाएको छ ।

ऋण बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, अन्य संगठीत संस्था र नेपाली नागरिकले दिन पाउनेछन् ।

सरकारले लिने यो ऋणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । ऋणपत्रको ब्याज भुक्तानी ६–६ महिनामा हुनेछ । सो ऋणपत्रको २०८९ माघ १० गते सावाँ भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

इच्छुक संस्था तथा नेपाली नागरिकले घटीमा ५ लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५ लाखले निःशेष भाग जाने रकम बराबरको ऋणपत्र किन्न पाउनेछन् ।

सरकारलाई दिएको यो ऋणको प्रमाणपत्र अर्थात् ऋणपत्र धितोमा राखी कर्जा लिन दिन पाइनेछ भने धितोपत्रको दोस्रो बजारमा पनि खरिदबिक्री हुनेछ ।

वित्तीय प्रणालीमा अधिक तरलता र ब्याजदर कम भएको मौका पारेर सरकारले आन्तरिक ऋण तालिका संशोधन गरी ऋण उठाउने क्रमलाई तीव्रता दिएको छ ।

यसै क्रममा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालु आर्थिक वर्षका लागि त्रैमासिकरुपमा उठाइने आन्तरिक ऋणको नयाँ तालिका सार्वजनिक गरेको छ ।

कार्यालयका अनुसार चालु आवको तेस्रो त्रैमास अर्थात माघदेखि चैत मसान्तसम्म सरकारले १ खर्ब १३ अर्ब ५० करोड आन्तिरक ऋण उठाउने भएको छ । नयाँ तालिका अनुसार सरकारले अब चौथो त्रैमासमा ३५ अर्बमात्र आन्तरिक ऋण उठाउने भएको छ ।

सस्तो ब्याजदरको फाइदा लिन तालिका फेरेरै आन्तरिक ऋण उठाउँदै सरकार, यस्तो छ अबको कार्यतालिका

सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋणमार्फत ३ खर्ब ३० अर्ब स्रोत जुटाउने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा सरकारले १ खर्ब १५ अर्ब तथा दोस्रो त्रैमासमा असोजदेखि पुससम्म ६६ अर्ब ५० करोड आन्तरिक ऋण उठाइसकेको छ ।

सरकारले चालु आर्थिक वर्ष सुरु भए यता माघ ७ गतेसम्म १ खर्ब ९६ अर्ब ५० करोड आन्तरिक ऋण उठाइसकेको छ ।

माघ लागेपछि पनि सरकारले थप १५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । विकास ऋणपत्रको औसत ब्याजदर ४.२५ प्रतिशत कायम भएको छ ।

 

gold
himalayan life insurance long ad