stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

साउनदेखि असोजसम्म धितोपत्र बजारमा ५ अर्ब १५ करोड मूल्य बराबरको थप धितोपत्र सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिना अर्थात साउनदेखि असोजसम्म धितोपत्र बजारमा ५ अर्ब १५ करोड मूल्य बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ३ अर्ब ४३ करोड बराबरको बोनस सेयर, १ अर्ब ७२ करोड बराबरको हकप्रद सेयर र ४७ लाख बराबरको एफपीओ धितोपत्र बजारमा सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ६ करोड बराबरको हकप्रद सेयर र ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ४ अर्ब ७६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष चयन हुन नसक्दा विगत ९ महिना यतादेखि प्राथमिक सेयर निष्कासन भने ठप्प रहेको छ ।

२०८१ असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरुको संख्या २६७ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ९१  जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० असोजमा सूचीकृत कम्पनीहरुको संख्या २६३ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५९.२ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १४.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ असोज मसान्तमा सूचीकृत ८ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ३२ अर्ब ९ करोड रहेको छ ।

 

prabhu mahalaxmi
kumari