stcnepal long ad
global ime bank long

विश्व बैङ्कले नेपाललाई २० अर्ब रुपियाँ बराबरको ऋण सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने २० अर्ब रुपियाँ बराबरको ऋण सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्राकृतिक विपत्ति, जलवायुजन्य जोखिम र स्वास्थ्य सङ्कटको अवस्थामा उपयोग गर्न पाउने गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

गत कात्तिक ६ गते संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र विश्व बैङ्कको नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

नेपाल सरकार विश्व बैङ्कले मङ्गलबार संयुक्त रूपमा जारी गरेको विज्ञप्ति अनुसार यो वित्तीय सम्झौता नेपाल विपत् उत्थानशील विकास नीति ऋण परियोजना अन्तर्गत गरिएको हो ।

यस परियोजनाले जोखिम उत्थानशीलता बढाउने र विपत् प्रतिकार्यलाई प्रभावकारी बनाउन संस्थागत संरचना सुधार गर्न नियामकीय र नीतिगत सुधारमा सहयोग पुर्‍याउने उल्लेख छ । यस परियोजना नेपालका लागि महत्वपूर्ण भएको अर्थ सचिव घिमिरेले बताउनुभयो ।

“यसले वित्तीय सहायतामार्फत जलावायु र अन्य प्राकृतिक प्रकोप र स्वास्थ्यसम्बन्धी सङ्कटलाई सम्बोधन गर्न सहयोग पुग्छ,” उहाँले भन्नुभयो । यसले वित्तीय रूपमा दबाबपूर्ण अवस्थामा मुलुकलाई सङ्कटपूर्वको तयारी, रोकथाम र प्रतिकार्यलाई सम्बोधन गर्न सहज तरलता उपलब्ध हुने उहाँले उल्लेख गर्नुभयो ।

क्याट डिडिओले चालु विकास कार्यक्रमको स्रोतलाई रकमान्तर नगरी सरकारलाई अत्यावश्यक अवस्थामा सहज वित्तीय उपकरण व्यवस्थापनमा सहयोग पुर्‍याउने विश्व बैङ्कका राष्ट्रिय निर्देशक सिस्लेनले बताउनुभयो । यस कार्यक्रमलाई विश्व बैङ्कसहित अन्य थप दुई संस्थाको समेत सहयोग रहेको छ ।

IME Lifesidebar
kumari