stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त हुनु
भएको छ।  २०८१ भदौ ३० गते बसेको बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (NDPC) को अध्यक्षमा रीना डंगोललाई नियुक्त गरेको हो ।

२०८१ असोज १३ गते आयोजित शपथ ग्रहण कार्यक्रममा डंगोलले नेपाल राष्ट्रबैंकको भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक बिनोद राज आचार्यबाट शपथ ग्रहण गर्नुभयो ।

शपथ ग्रहण कार्यक्रमपछि अध्यक्ष डंगोलले खुशी व्यक्त गर्दै, नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको वित्तिय समावेशीकरण र आर्थिक सशक्तिकरणका प्रयासहरूबाट आफू प्रेरित भएको बताउनु भयो ।

उक्त कार्यक्रममा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलको समेत उपस्थित रहेको थियो।

नमस्ते पे नगद रहित समाज सिर्जना गने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो।

आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।

जस अनुरुप *500# डायल गरेर नमस्तेपे प्रयोगबर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन्। रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारीभुक्तान जस्ता सेवाहरू अफलाइन उपलब्ध छन्।

नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन्।

prabhu mahalaxmi
kumari