sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

शून्यमा झार्यो काउन्टर साइक्लिकल बफर, बैंकहरूलाई पूँजी कोषको दबाव हट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर शून्य प्रतिशतमा झारेको छ । राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै चालु आर्थिक वर्ष २०८/र८२ को साउन देखि बैंकहरूलाई काउन्टर साइक्लिकल बफर नलाग्ने जनाएको हो ।

गत आर्थिक वर्षमा बैंकहरूले ०.५ प्रतिशत बफर क्यापिटल समेत गरी ११.५ प्रतिशत कुल पुँजीकोष कायम गर्नु परेको थियो । कुल ग्राह्रास्थ उत्पादनअनुसार कर्जा प्रवाह गर्न पुँजीकोष फ्रेमवर्क २०१५ अनुसार काउन्टर साइक्लिकल बफर लगाइएको थियो ।

अब चालु आर्थिक वर्षमा बैंकहरूले ८.५ प्रतिशत प्राथमिक पुँजी र २।५ प्रतिशत पूरक पुँजी गरी कुल ११ प्रतिशत पुँजीकोष कायम गरे पुग्छ ।

साथै २०८४ असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (रु. २ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जा समेत) प्रवाह गर्नु पर्नेछ ।

prabhu bank
nawakantipur long