sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

 सरकारी निकायले नयाँ सवारीसाधन किन्नु अगाडि अर्थ मन्त्रालयको सहमति अनिवार्य लिनुपर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारी निकायले नयाँ सवारीसाधन किन्नु अगाडि अर्थ मन्त्रालयको सहमति अनिवार्य गरिएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै यस्तो जानकारी गराएको हो ।

‘अत्यावश्यक अवस्थामा नयाँ सवारीसाधन खरिद गर्नुपर्ने भए अर्थ मन्त्रालयको पूर्वसहमति लिनुपर्ने छ,’ मन्त्रालयले भनेको छ । अर्थ मन्त्रालयले यस आवमा प्रोत्साहन भत्ता, अतिरिक्त समय लगायतमा भत्ता खर्च लेख्न नपाउने समेत भनेको छ ।

मर्मत सुधार गर्दा समेत सञ्चालनमा नआउने सवारीसाधन, फर्निचर, कप्युटर, ल्यापटप लगायत सामग्री ६ महिनाभित्र लिलाम गर्न समेत अर्थले भनेको छ ।

सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी, सेमिनार, अन्तरक्रिया आयोजना गर्दा सरकारी निकायकै हल प्रयोग गर्न समेत अर्थले भनेको छ । वैदेशिक भ्रमणमा अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य गरिएको छ ।

विषयगत निकायमा रहेका जनशक्तिको अधिकतम उपयोग गर्नुपर्नेमा त्यसो नगरी वाह्य निकायरसंस्था तथा व्यक्तिबाट परामर्शदाता नियुक्त गरी कार्य सम्पादन गराउने प्रवृत्ति समेत निरुत्साहित गर्न अर्थले भनेको छ ।

नगद प्रवाह व्यक्त गर्न १ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी दिनुपर्ने भए सात दिनअघि नै अर्थ मन्त्रालयलाई जानकारी गराउनुपर्ने भएको छ ।

gold
prabhu bank
nawakantipur long