citizens life insurance long ad
stcnepal long ad
national life

नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत थप बजारबाट ५० अर्ब रुपैयाँ तान्दै

इच्छुक बैंक  तथा वित्तीय संस्थाले  आज दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज जेठ ३ गते बिहीबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।

इच्छुक बैंक  तथा वित्तीय संस्थाले  आज दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

साँवा र ब्याज भुक्तानी मिति जेठ १७ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

 

himalayan life insurance
igi long