stcnepal long ad
global ime bank long

नीति तथा कार्यक्रमसँग मेल खाने बजेट आउने अर्थमन्त्रीको दाबी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रमसँग मेल खाने गरी आगामी बजेट आउने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री पुनले बजेटसँग मौद्रिक नीतिको तालमेल हुने बताए ।

मन्त्री पुनले आगामी बजेट सरकारको मात्रै नभएर निजी क्षेत्रको पनि मनोबल उच्च हुने गरी आउने बताए । ‘नीति तथा  कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउँछ ।

बजेटले समर्थन गर्न नसक्ने नीति तथा कार्यक्रम समावेश छैन,’ पुनले भने, ‘नीति तथा कार्यक्रममा समावेश भएका विषयवस्तु नै बजेटमा समावेश हुन्छ ।’

अर्थमन्त्री पुनले आगामी बजेटमा नेपाल राष्ट्र बैंकको सुझाव समेत समावेश हुने विश्वास व्यक्त गरेका छन् । विगतका वर्षमा सम्पन्न भएका, बहुवर्षीय ठेक्का लागेका र बजेटमा उल्लेख भए पनि स्रोत सुनिश्चित नभएका आयोजनामा भुक्तानीको समस्या रहेको उनले बताए ।

निर्माण क्षेत्रको सिर्जना भएको दायित्व सरकारले भुक्तानी गर्ने उनले बताए । आगामी वर्षको बजेटमा त्यसको भुक्तानी गर्न बजेटमा व्यवस्था गरिने उनले बताए । कृषिलाई आधारका रूपमा विकास गर्ने र निर्वाहमुखी नभई व्यावसायिक रूपमा लैजान सरकारले ध्यान दिने अर्थमन्त्री पुनको भनाइ छ ।

पूर्वाधार बनाउने तर आर्थिक क्रियाकलापमा नजोडिने अवस्था रहेको भन्दै उनले त्यसलाई एकीकृत रूपमा आर्थिक क्रियाकलापसँग जोड्न प्रयास भइरहेको बताए ।

सिँचाइ एकातिर, कृषि जोन अर्कातिर, बजार अर्कातिर गइरहेको भन्दै उनले त्यसलाई एकीकृत रूपमा लैजाने खोजिएको बताए । करका दर थप्नेभन्दा पनि दायरा फराकिलो बनाउने भन्दै उनले त्यसमा निजी क्षेत्रको सहयोगको अपेक्षा सरकारले गरेको बताए ।

क्षेत्र विशेषलाई प्राथमिकता दिने र कसैलाई ‘ह्यारेस’ गर्ने नीति सरकारको नहुने भन्दै अर्थमन्त्री पुनले यथार्थ धरातलमा बसेर बजेट ल्याउने कोसिस भइरहेको बताए ।

IME Lifesidebar
kumari