citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

सरकारले वैशाख २३ गतेदखि रु. १ अर्बको वैदेशिक रोजगार बचतपत्र २०८६ बिक्री गर्ने

ब्याजदर ९%

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सरकारले वैशाख २३ गतेदखि वैदेशिक रोजगार बचतपत्र २०८६ बिक्री गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सर्वाजनिक ऋण व्यवस्थापन कार्यालयले पाँचवर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको उक्त बचतपत्र जेठ २२ गतेसम्म बिक्री गर्ने जनाएका छन्।

कार्यालयले १ अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिने जनाएको छ। यस बचतपत्र खरिदकर्तालाई ६–६ महिनामा ब्याज भुक्तानी गरिनेछ।

सीमा घटीमा १० हजार र बढीमा १० हजारले माग गर्दा निःशेष भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिने कार्यालयले जनाएको छ।

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केका ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासिय नेपालीले आफु वा आफ्नो परिवारको सदस्यको नाममा खरीद गर्न सक्नेछन्। यस बचतपत्रको निष्कासन २०८१ जेठ २९ गते हुनेछ भने यसको साँवा–भुक्तानी २०८६ जेठ २९ गते हुनेछ।

यस बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबा कर्जा लिन पाउने सुविधाको व्यवस्था गरेको छ। इच्छुक खरीदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरीद गर्नका अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

यसका अतिरिक्त कार्यालयको वेबसाइटबाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफूलाई पायक पर्ने बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाको सहयोगमा अनलाइन फाराम भर्न सकिने छ।

gold
himalayan life insurance long ad