citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई मुनाफा वितरण

कोषले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृत गर्दै मुनाफा वितरण गर्ने निर्णय गरेको हो ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई मुनाफा वितरण गरेको छ । कोष सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृत गर्दै मुनाफा वितरण गर्ने निर्णय गरेको हो ।

कोषले सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई आव २०७९/८० को व्यक्तिगत खातामा रहेको सुरु मौज्दात रकममा १.१० प्रतिशतका दरले हुन आउने रकम मुनाफाका रूपमा वितरण गरेको हो ।

निर्णय भएसँगै सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्ताको खातामा सो रकम जम्मा गरिएको कोषले जनाएको छ ।

कोषले आव २०७९/८० मा सञ्चयकर्तालाई कोष रकमको धितोमा प्रवाह भएको विशेष सापटीमा लगाउने ब्याज र कोष रकममा प्रदान गर्ने ब्याजदरमा १.१० प्रतिशतको फरक रहेकोमा यस मुनाफा वितरणपश्चात् सञ्चयकर्तालाई थप ब्याजको भार नपर्ने अवस्था हुन गएको छ ।

आव २०८०/८१ का लागि कोषमा रहेको रकममा ७.५ प्रतिशतका दरले ब्याजसमेत प्रदान भइरहेको छ । कोषको यो निर्णयसँगै सञ्चयकर्ताले आव २०८०/८१ को सुरु मौज्दातमा ८.६ प्रतिशतको दरले ब्याज प्राप्त गरेका छन् ।

कोषमा आव २०७९/८० को सुरु मौज्दात ४१६३६ करोड रहेकोमा सो रकमको आधारमा मुनाफा रकम वितरण भएसँगै ४५८ करोड रुपियाँ बराबरको रकम कार्यरत तथा पूर्वसञ्चयकर्ताको करिब आठ लाख ६० हजार खातामा जम्मा गरिएको छ ।

कोषले आफ्नै स्रोतबाट स्वास्थ्य उपचार सुविधा, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुरक्षा सुविधा प्रदान गर्दै आएको छ ।

कोषले प्रत्येक वर्षको मुनाफाको रकम सञ्चयकर्ताका लागि खडा गरिएका कोषमा जम्मा गरी यस प्रकारका योजना सञ्चालन गर्दै आएको छ ।

सामाजिक सुरक्षा योजना सञ्चालनका लागि यस वर्ष मुनाफाको १२ प्रतिशतले हुने रकम ७२ करोड २० लाख रुपियाँ छुट्याइएको छ ।

कोषले आफ्ना सदस्यको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल कर्जा, जग्गा खरिद सापटी जस्ता सापटी सुविधासमेत कोषबाट उपलब्ध गराउँदै आएको छ ।

himalayan life insurance
igi long