sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

लक्ष्यको त्रिहत्तर प्रतिशत राजस्व सङ्कलन

Nimb long ad
Prabhu Insurance Long Ad

हेटौँडा । आन्तरिक राजस्व कार्यालय, हेटौँडाले गत माघ मसान्तसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ का लागि पाएको लक्ष्यको ७३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

चालु आवको कुल राजस्व सङ्कलन चार अर्ब ७१ करोड ९७ लाख ८३ हजार रुपियाँ रहेकामा कार्यालयले गत साउनदेखि माघ मसान्तसम्मको अवधिमा ७३.४९ अर्थात् तीन अर्ब ४६ करोड ८७ लाख २३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

कार्यालयको माघको मात्र ५७ करोड ६६ लाख ८८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा सो एक महिनामा लक्ष्यको ९३.१८ प्रतिशत अर्थात् ५३ करोड ७३ लाख ६१ हजार रुपियाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएकको छ ।

कार्यालयले गत पुस मसान्तसम्ममा दुई अर्ब ९१ करोड ११ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

राजस्व कार्यालयले आयकर, घरबहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य सेवा कर शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । कार्यालयले गत माघमा आयकर, ब्याज कर र मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले चालु आवको गत साउनदेखि माघ मसान्तसम्मको अवधिमा आयकरबापत ५६ करोड ७० लाख ८५ हजार, घरबहाल करबापत ९८ लाख २१ हजार, ब्याज कर पाँच करोड ५३ लाख, मूल्य अभिवृद्धि कर ६२ करोड ४१ लाख चार हजार, अन्तःशुल्क एक अर्ब ८८ करोड ३२ लाख ७१ हजार र स्वास्थ्य सेवा कर ३२ करोड ९१ लाख ४३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।

gold
nawakantipur long