macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

ठग्नेलाई होइन, गरी खानेलाई ऋण दिनुहोस्ः गभर्नर अधिकारी

'अर्को बैंकको ऋणी तान्नुभन्दा नयाँ व्यवसायी जन्माउनु'

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

चितवन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गरेका छन् ।

नेपाल बैंकर्स सङ्घको ३७औँ वार्षिक कार्यक्रममा उनले गरी खाने र ठगी खाने छुट्याएर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए ।

आफूले आज चितवनको पशु फार्म अवलोकन गरेको बताउँदै गभर्नर अधिकारीले भने “उक्त फार्म ५० लाख ऋणमा एक सय सातवटा गाईभैँसी पालेर मासिक छ लाख आम्दानी गर्नुभएको रहेछ । यो राम्रो काम हो ।” ठगी खानेहरूले यत्तिको फार्म देखाएर करोडौँ ऋण लिने गरेको उनले बताए ।

बैंकहरूलाई अर्को बैंकको ऋणी तान्नुभन्दा पनि नयाँ व्यवसायी जन्माउन आग्रह गर्दै गर्भनर अधिकारीले भने, “वर्षमा यति व्यवसायी नयाँ जन्माएँ भन्ने गर्व गर्ने वातावरण बनाउनुहोस् ।”

बैंकहरूमा लगानीका लागि तरलताको अभाव नभएको भन्दै उनले विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको बताए ।

himalayan life insurance
igi long
NTA long ad