macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सरकारी वित्त अवस्था : ५ महिनामा उठ्यो ३ खर्ब ६३ अर्ब राजस्व, आम्दानीभन्दा खर्च धेरै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना सम्ममा सरकारी वित्त घाटामा रहेको छ । यो अवधिसम्म सरकारको आम्दानीभन्दा खर्च धेरै भएकाले कुल सरकारी वित्त घाटामा रहेको विश्लेषण गरिएको हो । मंसिरसम्ममा सरकारले कुल ३ खर्ब ६३ अर्ब रुपैयाँ राजस्व उठाएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि लिइएको राजस्व लक्ष्य अहिलेसम्ममा २५.५५% उठेको हो ।

बजेट मार्फत सरकारले चालु आर्थिक वर्ष कुल १४ खर्ब २२ अर्ब रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । मंसिरसम्ममा सरकारको अन्य आम्दानी सहित कुल आम्दानी ३ खर्ब ८३ अर्ब रुपैयाँ छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको खर्च भने ४ खर्ब ५२ अर्ब भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले लिएको कुल खर्च लक्ष्यमध्ये अहिलेसम्मको खर्च २५.८७% हो । यता, यो अवधिमा कुल वार्षिक लक्ष्यको ११.९४% पुँजीगत खर्च भएको छ भने ३१.५३% चालुगत खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्ष कुल ३ खर्ब २ अर्ब पुँजीगत खर्चको लक्ष्य लिएको छ भने चालु खर्च ११ खर्ब ४१ अर्बको अनुमान छ । त्यस्तै, वित्तीय खर्च ३ खर्ब ७ अर्ब हुने अनुमान रहेकोमा अहिलेसम्म महिनामा १८.५२% वित्तीय खर्च भएको भएको छ ।

himalayan life insurance
igi long
NTA long ad