citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

सरकारले चालु आर्थिक वर्षको चार महिनामा ८१ अर्ब रुपियाँभन्दा बढी ऋण तिर्‍यो 

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ ।  सरकारले चालु आर्थिक वर्षको चार महिनामा ८१ अर्ब  रुपियाँभन्दा बढी ऋण तिरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कात्तिकसम्म सरकारले ८१ अर्ब ६४ करोड रुपियाँ बराबर ऋणको साँवा तथा ब्याज भुक्तानी गरेको हो ।

यसमध्ये सरकारले आन्तरिक ऋणबापतको ६५ अर्ब ४५ करोड रुपियाँ भुक्तान गरेको छ । भुक्तान भएमध्ये ४२ अर्ब ८४ करोड रुपियाँ साँवा र २२ अर्ब ६१ करोड रुपियाँ ब्याज रहेको छ ।

त्यस्तै सरकारले कात्तिकमा १६ अर्ब १८ करोड रुपियाँ बराबरको बाह्य ऋणबापतको दायित्व भुक्तान गरेको छ । जसमध्ये १२ अर्ब ६० करोड रुपियाँ साँवा र तीन अर्ब ५८ करोड रुपियाँ ब्याज भुक्तानी भएको छ ।

एक खर्ब १३ अर्ब ऋण थपियो

ऋणको दायित्व भुक्तानीमा सुधार गरेको सरकारले चार महिनाको अवधिमा भने एक खर्ब बढी सार्वजनिक ऋण लिएको छ । कार्यालयको तथ्याङ्क अनुसार कात्तिकसम्म आन्तरिक र बाह्य गरी मुलुकले एक खर्ब १३ अर्ब १६ करोड रुपियाँ सार्वजनिक ऋण लिएको हो ।

जसमध्ये ९७ अर्ब ३१ करोड रुपियाँ आन्तरिक र १५ अर्ब ८५ करोड रुपियाँ बाह्य ऋण लिएको तथ्याङ्क छ । कात्तिकमा मात्रै सरकारको ऋणको दायित्व ९० करोड थपिएको छ । अन्य महिनाको तुलनामा कात्तिकमा कम ऋण लिइएको त्यसको तुलनामा साँवा र ब्याज भुक्तानी राम्रो हुँदा कम ऋण लिएको देखिएको हो ।

तेइस खर्ब त्रिपन्न अर्ब ऋण

कात्तिकमा थपिएको एक खर्ब १३ अर्ब ऋणसहित मुलुकको कुल सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब नाघेको छ । यससँगै कुल गार्हस्थ उत्पादनको तुलनामा नेपालको सार्वजनिक ऋण करिब ५० प्रतिशत पुगेको छ ।

कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब ५७ करोड रुपियाँ रहेको छ भने बाह्य ऋण ११ खर्ब ७३ अर्ब ४९ करोड रुपियाँ पुगेको छ ।

गत असार मसान्तसम्म करिब २३ खर्ब रुपियाँ ऋण रहेकामा विगत चार महिनामा सरकारले गरेको भुक्तानीका कारण उक्त समयमा कुल ऋणमा ३६ अर्ब रुपियाँ मात्र दायित्व थपिएको देखिएको छ ।

सरकारले नेपाल राष्ट्र बैङ्क मार्फत विभिन्न ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउँछ । त्यस्तै विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायत बहुपक्षीय तथा द्विपक्षीय साझेदारसँग बाह्य ऋण लिने गर्छ ।

आन्तरिक ऋणको ब्याजको औसत अहिले ६.५ प्रतिशत रहेको छ भने बाह्य ऋणको औसत ब्याजदर १.५ प्रतिशत रहेको छ ।

सार्वजनिक खर्चमा बढ्दो व्यायभारको अनुपातमा राजस्व बढ्न नसक्दा मुलुकको ऋणको दायित्व पनि बढ्दो छ । चालु आर्थिक वर्षमा मात्रै मुलुकले बजेटको स्रोतका रूपमा चार खर्ब ५२ अर्ब रुपियाँ ऋण उठाउने लक्ष्य लिएको छ ।

gold
himalayan life insurance long ad