citizens life insurance long ad
stcnepal long ad

भारतको विदेशी मुद्रा सञ्चिति विश्वको चौथो सबैभन्दा ठूलो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वमा सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति हुने देशहरुको सूचीमा भारत चौथो स्थानमा आएको छ ।

‘फरेक्स डट कम’ को तथ्यांक अनुसार सन् २०२३ को दोस्रो त्रैमासको अन्त्यसम्ममा भारतको विदेशी मुद्रा सञ्चिति ५ खर्ब २७ अर्ब अमेरिकी डलर बराबर रहेको छ ।

जुन विश्वको चौथो ठूलो रहेको फोर्ब्स इन्डियाले उल्लेख गरेको छ । भारतको विदेशी मुद्रा साउदी अरेबिया र रुसको भन्दा १ खर्ब डलर बढी रहेको छ ।

साउदी र रुस भने विदेशी मुद्रा सञ्चितिका आधारमा क्रमशः पाँचौं र छैटौं स्थानमा रहेका छन् । रिपोर्ट अनुसार दोस्रो त्रैमासमा चीनसँग विश्वकै सबैभन्दा धेरै ३१ खर्ब डलर विदेशी मुद्रा सञ्चिति रहेको छ ।

यस्तै, जापान र स्विट्जरल्याण्ड क्रमशः ११ खर्ब डलर र ८ खर्ब ९ अर्ब डलरसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

यता, दोस्रो त्रैमासपछि भारतीय रुपैयाँको अवमूल्यन रोक्न रिजर्भ बैंक अफ इन्डियाले डलर बिक्री गरिरहेको छ । जसका कारण भने पछिल्लो समय भारतको विदेशी मुद्रा सञ्चिति केही घटेको अनुमान गरिएको छ ।

IME Life
kumari