stcnepal long ad
himalayan life insurance long ad

खल्तीले ल्यायो दशैं अफरः वर्ल्डलिङ्कका २४ ग्राहक जोडीले दुबई घुम्न पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ‘खल्ती’ ले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै ‘दशैं क्याम्पियन’ अन्तर्गत दुबई भ्रमणको अफर ल्याएको छ । यस अफर अन्तर्गत वर्ल्डलिङ्कको इन्टरनेटको भुक्तानी खल्तीबाट गर्ने गर्नेमध्ये २४ ग्राहक जोडीले ‘दुबई भ्रमण’ गर्न मौका पाउनेछन्।

यो अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्नेछ । खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीका दरले २४ जोडीले ४ रात ५ दिनकालागि दुबई घुम्ने मौका पाउनेछन् । दुबई भ्रमण अफरमा लाग्ने सम्पूर्ण खर्च भने खल्तीले नै बेहोर्ने व्यवस्था रहेको छ ।

विशेषगरी तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो अफरमा सहभागी हुन पाउनेछन् ।

तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गरे पश्चात प्रयोगकर्ताले दुई ओटा भौचर पाउनेछन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भौचर पाउनेछन् । खल्तीले हरेक हप्ता त्यसै भौचर मध्ये दुई वटा भाग्यमानी बिजेता घोषणा गर्नेछ।

खल्ती’का सीईओ विनय खड्का भने, “अहिले चाडपर्वको महोलमा हामीले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नका लागि यस्ता आकर्षक अफर उपलब्ध गराउन पाउँदा हामी उत्साहित छौं साथै आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रति आकर्षित गर्न यस्ता क्याम्पियनलाई निरन्तरता दिने कुरामा हामी प्रतिवद्ध छौं ।”

वर्ल्डलिङ्कका सीईओ केशव नेपाल भने, ‘खल्ती डिजिटल वालेटले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै यस्तो क्याम्पियन गरेकोमा हामी निकै हर्षित छौं र खल्ती संगको सहकार्यमा यस्तो क्याम्पियन पहिलो पटक आफ्ना ग्राहककालागि उपलब्ध गराउन पाउँदा हामी उत्साहित छौं।

विशेषगरी डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो क्याम्पियन सुरु गरिएको हो र आगामी दिनमा यस्ता क्याम्पियन गर्दा डिजिटल भुक्तानीको प्रयोग बढ्नेमा हामी विश्वस्त छौं ।”

वर्ल्डलिङ्ककका अनुसार अहिले ६५ प्रतिशत प्रयोगकर्ताले सो कम्पनीको इन्टरनेटको शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्ने गर्छन् ।

खल्तीले पछिल्यो समय प्रयोगकर्तालाई आकर्षित गर्न यस्ता आकर्षक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । खल्तीले सम्पन्न गरेको ‘द बिगेस्ट पेमेन्ट जात्रा क्याम्पियन’ यसको एउटा जल्दोबल्दो उदाहरण हो ।

त्यसबाहेक पनि कम्पनीले हालै आफ्नो फ्लाईट टिकट खरिदमा आईफोन १४ जित्ने अफर ल्याएको थियो । यस्ता विभिन्न आकर्षक अफरले वर्ल्डलिङ्कका ग्राहकलाई सकारात्मक प्रभाव परेको कुरामा कम्पनी बिश्वस्त रहेको छ ।