stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

श्री लालिगुराँस सहकारी संस्थाको २२ ओैं सभा सम्पन्न

संस्थाले ७ सुविधा केन्द्र र ६ वटा एटिएम थप्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ७ वटा सुविधा काउण्टर थप्ने भएको छ ।

निकट भविष्यमा काठमाडौंको महाराजगंज, नयाँबजार, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउण्टर संचालन गर्ने तयारी गरेको छ ।

आज शनिबार आयोजित २२औं वार्षिक साधारण सभामा सहकारीले विभिन्न काउण्टरमा ६ वटा एटिएम समेत थप्ने जानकारी दिएको छ ।

संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा संस्थाको आर्थिक वर्ष ०७७/०७८ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी दिएका छन् ।

संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको दाबी गरेका छन् ।

संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३४ हजार सहकारी मध्ये श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको दाबी गर्दै कोभिड–१९ को विद्यमान अवस्थाको कारण सहकारी क्षेत्रमा परेको प्रभाव र सोको कारण सहकारी संस्थामा पर्न सक्ने समस्याहरुको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने धारण राखेका थिए ।

प्रमुख कार्यकारी अधिकृत भण्डारीले देशकै उत्कृष्ठ सहकारी संस्थाको पहिचान बनाउन सफल संस्थाले ५ वर्षे रणनीति तयारी गरी लागु गर्ने योजना रहेको बताएका छन । उनले भने( रणनीतिसँगै व्यावसायिक योजना बनाउने छौं। त्यही अनुसार संस्था अघि बढ्नेछ ।

प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाको लगानीमा सञ्चालित अधिकांश संस्थाले प्रतिफल दिएको उल्लेख गर्दै ती संस्थाहरुलाई थप प्रबिधि युक्त बनाइने दाबी गरेका छन् ।

उनले छिट्टै थप सदस्य सुविधा काउन्टरको बिस्तार, थप एटिएम सेवाको शुरुवात गर्ने जानकारी गराउदै संस्थालाई थप प्रबिधिमैत्री र व्यवसायिक रुपमा अघि बढाउने बताएका छन् ।

सभामा भण्डारीले भने –‘अहिलेको तरलता अभाव रहेको वित्तिय बजारमा चुनौति थपिएको छ । त्यसको लागि सबै सहकारीकर्मीहरु एकजुट हुनुपर्छ ।’

पछिल्लो तथ्यांक अनुसार देशभर सहकारी संघ–संस्थाहरुको शेयर पूँजी १ खर्ब ५० करोड भन्दा बढी रहेको, बचत परिचालन ८ खर्ब र सोही बराबरको ऋण प्रवाह भएको छ ।

देशभर संचालित सहकारी संघ(संस्थाहरुले प्रत्यक्ष रुपमा ३ लाख भन्दा बढी व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको छ ।

सहकारी क्षेत्रको पूँजीलाई उर्जा, पर्यटन, पशुपालन, उद्योग, कृषि लगायत मझौला तथा ठूला परियोजनामा लगानी गर्ने वातावरण सृजना गरी सहकारी मार्फत राष्ट्रिय अर्थतन्त्रको विकास गर्न वर्तमान सहकारी ऐन तथा नियमावलीलाई संशोधन गर्न अपरिहार्य रहेको भण्डारीको भनाई रहेको थियो।

राष्ट्रिय योजना आयोगका पुर्व सदस्य एवं अर्थविज्ञ डा. जनकराज शाहले मुलुकको हालको आर्थिक अवस्था र सहकारी क्षेत्रले खेल्नुपर्ने भुमिकाको बारेमा बोलेका थिए । शाहले संस्था अघि बढाउन सबै कर्मचारी , विज्ञ सल्लाहकार र सञ्चालक समितिको मुख्य भुमिका रहने उल्लेख गरेका छन् ।

सहकारी मार्फत देशको आर्थिक विकास गर्न सहकारी मैत्री कानून निर्माण गर्नुपर्नेमा जोड दिदै उनले संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अघि बढाउने विषयमा स्पष्ट पारेका थिए ।

संस्था स्थापना भएको २१ वर्ष अवधीमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २२ हजार पुगेको छ । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म “श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर” संचालन गरेको छ ।

संस्थाले गत वर्षदेखि ललितपुर गोदावरीमा “श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योग” समेत संचालन भएको जानकारी दिएका थिए ।

संस्थाको सामाजिक उत्तरदायित्व र बहुउद्देश्यीय लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा श्री लालीगुराँस उच्च मा.वि. तथा कलेज, डेरी परियोजना तर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुर गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक जिल्लाको लार्चामा भैरबकुण्ड हाईड्रोपावर लिमिटेड लगायत अन्य विभिन्न संघ–संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ ।

उक्त साधारण सभामा संस्थाका सर्वोत्कृष्ट कर्मचारीमा श्रीमती पविता थापा र उत्कृष्ट कर्मचारीमा श्रीमती उर्मिला मगरलाई प्रशंसापत्र तथा नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

साथै १५ वर्ष स्थायी सेवा अवधि पुरा गर्ने कर्मचारी दिपेश अधिकारीलाई सम्मान गरिएको थियो। त्यस्तैगरी ५ वर्ष स्थायी सेवा पुरा गर्ने कर्मचारी शशीकला भण्डारी, रविन्द्र महर्जन , किशोरी महत, चित्रा जिमी, तारालक्ष्मी सुनुवार, शोभा भण्डारी र सीता अधिकारी गरी ७ जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साधारण सभाले शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको संस्थाले जनाइएको छ ।

himalayan life insurance
igi long