stcnepal long ad
ime life insurance
national life
global ime bank long

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुज नकर्मी कारागार चलान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व सचिवसमेत रहेका अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

भदौ २ गते काठमाडौँको दक्षिणकालीबाट पक्राउ परेका नकर्मीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले नकर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । दक्षिणकालीबाट पक्राउ परेका ४८ वर्षीय नकर्मीलाई आइतबार कास्की अदालतमा उपस्थित गराइएको थियो ।

गितेन्द्रबाबु ९जीवी० राईको नेतृत्वमा खुलेको पोखराको सूर्यदर्शन सहकारीबाट जीवीसहित १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

यो सहकारी ठगी प्रकरणमा पहिले १९ जनासहित अहिले पक्राउ पुर्जी जारी हुनेमा ४४ जना पुगेका छन् ।

IME Lifesidebar
kumari