stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

सनराइज फोकस्ड इक्विटी फन्डको आजबाट बिक्री खुला

यसमा छिटोमा माघ १३ गतेसम्म आवेदन दिनुपर्छ ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सनराइज क्यापिटलले ‘सनराइज फोकस्ड इक्विटी फन्ड’ को कुल १२ करोड इकाई आज माघ १० गते मंगलबारदेखि बिक्री खुला गरेको छ ।

कुल इकाईमध्ये १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत कोष प्रवर्द्धक सनराइज बैंकलाई सुरक्षित गरेको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको हो ।

यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्छ।

यसमा छिटोमा माघ १३ गतेसम्म आवेदन दिनुपर्छ । यद्दपि, उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भने माघ २४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन गर्न सकिनेछ । सनराइज फोकस्ड इक्विटी फन्ड सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको बन्दमुखी म्युचुअल फन्ड योजना हो । यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिबाट १० वर्षसम्म रहनेछ ।

himalayan life insurance
igi long