stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु क्यापिटलको १७औँ वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु क्यापिटलको १७औँ वार्षिक साधारण सभा आज असोज १० गते सम्पन्न भएको छ । सभा रोयल सिंगी होटल कमलादीमा सम्पन्न भएको जनाएको छ ।

साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको प्रभु क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०८१/८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचिहरु उपर छलफल गरी पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरिक्षकको सम्बन्धमा र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ वित्तिय विवरणबाट शेयरधनीलाई वितरण गर्ने जम्मा १२.६३१६ प्रतिशत मध्ये हालको चुक्ता पूँजीको ८.६३१६ प्रतिशतले हुने नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ ।

सभाले सञ्चालक तथा स्वतन्त्र सञ्चालकहरुको नियुक्तिको अनुमोदन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत भएको खर्चको अनुमोदन गरेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०८१/८२ मा हालको चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुने बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ । सभाले बोनस शेयर वितरणका कारणले क्यापिटलको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि सम्बन्धी प्रस्ताव उपर छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव गर्ने, प्रबन्धपत्र र नियमावलीमा गरिने संशोधन थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

IME Lifesidebar
kumari