citizens life insurance long ad
stcnepal long ad

आरबीबी फोकस–४० को इकाईमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले भदौ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आरबीबी फोकस ४० को इकाई खरिदका लागि आवेदन दिने आज भदौ २४ गते अन्तिम दिन रहेको छ।

आरबीबी मर्चेन्ट बैंकिङ्गले प्रतिइकाई १० रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशनमा ल्याएको हो।

आरबीबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० मा न्यूनतम १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

इकाई निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कोष प्रबर्द्धकलाई केयर एनपी ए प्लस इस्यूअर रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई इक्रा नेपालले इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ।

सो योजनामा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। १२ वर्ष अवधिको उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

IME Life
kumari