stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिद्धार्थ म्युचुअल फण्डका तीन योजनाको लाभांश इकाइधनीको खातामा जम्मा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश (प्रतिफल) इकाइधनीको खातामा पठाइएको छ ।

सिद्धार्थ बैंक कोष प्रबर्द्धक र सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक एवम् डिपोजिटरी रहेको तीन म्युचुअल फण्डको लाभांश भदौ १८ गतेदेखि खातामा जम्मा गर्न थालिएको हो ।

तीनवटा बन्दमुखी योजना सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ ले क्रमशः करसहित २०, २० र १७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका थिए ।

हालसम्म पनि हितग्राही (डिम्याट) खातामा बैंक खाता अद्यावधिक नगरेका इकाइधनीलाई खाता अद्यावधिक गर्न भनिएको छ ।

त्यसैगरी, यी योजनाको हकमा पनि इकाइ अभौतिकीकरण नगरेका इकाइधनीले सिद्धार्थ क्यापिटलका कार्यालयमा सम्पर्क राखी इकाइ अभौतिकीकरण गराउन सक्नेछन् । त्यसपछि मात्रै नगद लाभांश बैंक खातामा जम्मा हुने क्यापिटलले जनाएको छ ।

इकाइधनीले बैंक–वित्तीय संस्थाबाट इकाइ धितो राखेर कर्जा लिएको भए फुकुवापत्र पेश गरेपछि मात्रै लाभांश प्राप्त हुनेछ ।

IME Lifesidebar
kumari