आरबीबी म्युचुअल फन्ड–१ र २ को न्याभ र नाफा बढ्यो

काठमाडौं . आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित २ वटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य -न्याभ_ अघिल्लो महिनाको तुलनामा बढेको छ । यस्तै, यी फन्डको नाफा पनि वैशाखको तुलनामा बढेको छ ।
जसमा ‘आरबीबी म्युचुअल फन्ड–१’ को जेठ मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १७ पैसाले बढेर ११ रुपैयाँ २० पैसा पुगेको छ । वैशाखमा यसको न्याभ ११ रुपैयाँ ०३ पैसा रहेको थियो ।
जेठ महिनासम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पनि बढेको छ । यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब ७ करोड २० लाख रुपैयाँबाट बढेर १ अर्ब १० करोड रुपैयाँ कायम भएको छ ।
जेठ मसान्तसम्म यसको बैंक मौज्दातमा ११ करोड ४२ लाख रुपैयाँ रहेको छ । जेठ मसान्तसम्ममा यो फन्ड १५ करोड ६ लाख ९० हजार रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड १२ करोड ९८ लाख रुपैयाँ नाफामा रहेको थियो ।
यता, आरबीबी म्युचुअल फन्ड–२’ को पनि जेठ महिनामा प्रतिइकाई खुद सम्पति मूल्य १३ पैसाले बढेर ११ रुपैयाँ ३३ पैसा पुगेको छ । वैशाखमा यसको न्याभ ११ रुपैयाँ २० पैसा रहेको थियो ।
जेठ महिनासम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीहरुको सेयरमा लगानी पनि बढेको छ । यसअवधिसम्म सूचीकृत कम्पनीको सेयरमा लगानी ७६ करोड ५ लाख रुपैयाँबाट बढेर ७८ करोड ४६ लाख रुपैयाँ भएको छ ।
जेठमा यसको बैंक मौज्दातमा ६ करोड ७४ लाख रुपैयाँ रहेको छ । जेठ मसान्तसम्म यो फन्ड ९ करोड ३९ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना फन्ड ८ करोड ३१ लाख रुपैयाँ नाफामा रहेको थियो ।