sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सिटिजन्स क्यापिटलका ३ वटै म्युचुअल फन्डको न्याभ र नाफा बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माघ महिनामा सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डको माघ महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । यस्तै, यी फन्डहरुको नाफा पनि अघिल्लो महिनाको तुलनामा बढेको छ ।

जसमा सिटिजन्स म्युचुअल फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) माघमा १ पैसाले बढेर ११ रुपैयाँ १८ पैसा कायम भएको छ । पुस महिनामा यसको न्याभ ११ रुपैयाँ १७ पैसा रहेको थियो ।

फन्डले माघ मसान्तसम्म ११ करोड ८५ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । पुसमा यसले १७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यस अवधिसम्म फन्डको बैंक मौज्दातमा ५८ करोड ५१ लाख रुपैयाँ छ ।

फन्डको मुद्दति निक्षेपमा ३ करोड रुपैयाँ छ । माघसम्म आइपुग्दा यो फन्ड ९ करोड ३० लाख रुपैयाँ नाफामा रहेको छ । पुसमा यसले ९ करोड २४ लाख नाफा कमाएको थियो ।

यता, सिटिजन्स म्युचुअल फन्ड–२ को न्याभ पनि माघमा २५ पैसाले बढेर १० रुपैयाँ ८९ पैसा कायम भएको छ । पुसमा यसको न्याभ १० रुपैयाँ ६४ पैसा रहेको थियो । यस फन्डले माघ मसान्तसम्म ५० करोड १७ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।

माघ सम्ममा सिटिजन्स म्युचुअल फन्ड–२ को बैंक मौज्दातमा ९ करोड ६५ लाख रुपैयाँ रहेको छ । माघसम्म आइपुग्दा यो फन्ड ४ करोड ८३ लाख रुपैयाँ नाफामा रहेको छ । पुससम्ममा फन्ड ३ करोड ४३ लाख रुपैयाँ नाफामा रहेको थियो ।

यसैगरी, सिटिजन्स सुपर ३० म्युचुअल फन्डको न्याभ माघ मसान्तसम्म १९ पैसाले बढेर १० रुपैयाँ ८२ पैसा कायम भएको छ । पुस महिनामा यसको न्याभ १० रुपैयाँ ६३ पैसा रहेको थियो । यस फन्डले माघसम्म ५८ करोड ५६ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।

सुपर ३० म्युचुअल फन्डको बैंक मौज्दातमा १६ करोड ९१ लाख रुपैयाँ र मुद्दति निक्षेपमा ४ करोड रुपैयाँ छ । माघसम्म आइपुग्दा यो फन्ड ५ करोड ८३ लाख रुपैयाँ नाफामा रहेको छ । पुस सम्ममा यो फन्ड ४ करोड ३९ लाख रुपैयाँ नाफामा रहेको थियो ।

gold
nawakantipur long