stcnepal long ad
global ime bank long

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसै क्रममा जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२,५०,००,०००/– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु. १००/– का दरले सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको हो ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरेका छन् ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई ट्रष्ट माइक्रो इन्स्योरेन्सले २०८० कात्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०८० चैत ०१ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

IME Lifesidebar
kumari