sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

गरिमा क्यापिटल र स्टार माइक्रो इन्स्योरेन्सबीच प्रत्याभूतिकर्र्ता नियुक्ति सम्बन्धी सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आइतबार आईपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्नेसम्बन्धी सम्झौता छ ।

इन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको २२ लाख ५० हजार कित्ता आईपीओ को १०० रूपैयाँका दरले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

गरिमा क्यापिटल लिमिटेडको कमलपोखरीस्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २०७९ पुस १४ मा दर्ता भई २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी तथा धितोपत्र अण्डरराइटिङ सेवा प्रवाह गर्दै आएकामा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानुन बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरू क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडि बढाउने जानकारीसमेत गराएको छ।

गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहकसमक्ष पुर्‍याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ ।

यस संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नका लागि अन्य व्यावसायिक साझेदारी(सम्झौताहरूमार्फत नवीनतम् प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

gold
prabhu bank
nawakantipur long