citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नबिल बैंकको ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक सेयर बिक्रीमा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नबिल बैंकले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुकले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, विणामार्ग, दरबरमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

himalayan life insurance
igi long