stcnepal long ad
global ime bank long

प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न सस्तो दरमा ऋण दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले टाटाको इलेक्ट्रिक गाडी किन्न सस्तो दरमा ऋण दिने भएको छ । बैंकले सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता गरेको हो ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लिका तर्फबाट महाप्रबन्धक सावन्तजंग सिजापतिले सम्झौतामा हस्ताक्षर गरेका छन्।

nabil bank

सम्झौता अनुसार, सिप्रदी ट्रेडिङबाट ग्राहकले टाटा मोटर्स अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन्।

बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने छ। सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।

IME Lifesidebar
kumari