मुक्तिनाथ विकास बैंक र गुरू ट्राभल्सबीच सम्झौता
काठमाडौं । पर्यटन क्षेत्रकै प्रथम ट्राभल कम्पनीको रुपमा स्थापित गुरू ट्राभल्स लिमिटेड तथा नेपालकै एक प्रतिष्ठित वित्तिय संस्था मुक्तिनाथ विकास बैङ्कबीच व्यवसायिक सहकार्य सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
मंगलबार मुक्ति विकास बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमूख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ तथा गुरू ट्राभल्स लिमिटेडका प्रमूख सञ्चालन अधिकृत अनिल धरेलले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
कार्यक्रममा दुईओटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो।
सहमति बमोजिम गुरू ट्राभल्स लिमिटेडले बैंक तथा यसका कर्मचारीहरुलाई आधिकारिक ट्राभल्स पार्टनरको रूपमा ट्राभल्स सेवामा विशिष्टीकृत सेवाका साथ् विभिन्न छुट तथा सुविधाहरु उपलब्ध गराउने छ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकआपसमा जोडिन पाउँदा हर्षित भएको एवम् भविष्यमा एक अर्कासंग सहकार्य कायम रहने विश्वास व्यक्त गरे ।


























