citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सव अर्थमन्त्री डा.युवराज खतिवडाको प्रमुख आथित्यतामा शुक्रवार सम्पन्न भएको छ । समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी स्तरको रुपमा राष्ट्रिय वाणिज्य बैंक रहने बताउँदै उहांले राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने बताए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा । राष्ट्रिय वाणिज्य बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणी रहेको बताए । राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि चालिएको कदमले बैंकका वित्तीय अवस्था, कार्यपद्धती र सेवाको गुणस्तरमा सुधार भएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै उहांले २०७६ पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको बताएका थिए । बैैंकले यस अवधिमा खुद मुनाफा २ अर्ब ५ करोड रुपैंया गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । २०२२ साल माघ १० गत ५५ वर्ष अघि मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उदेश्यका साथ स्थापना भएको यो राष्ट्रिय वाणिज्य वैंक देशको सातै वटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो । हाल देशभर बैंकका २३८ वटा शाखा कार्यालय, २०५ वटा ए.टि.एम, २८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिंग सेवा सञ्चालनमा रहेका छन् । बैंकको ५५ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क उपहार २०७६ विमोचन समेत गरिएको थियो । कार्यक्रममा बैंकको सर्वोत्कृष्ठ÷उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी घोषणा, कर्मचारी सम्मान कार्यक्रम, बैंकका २० वर्ष सेवा पुरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

gold
himalayan life insurance long ad