stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सरकारी खाता अद्यावधिक गर्न राष्ट्र बैंकको पुनः निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख २३ गते मंगलबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सरकारी खाता अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न बैंक तथा वित्तीय संस्थालाई पुनः निर्देशन दिएको छ ।
आगामी जेठ १ गते पश्चात् हुने सरकारी कारोबार ‘सरकारी कारोबार निर्देशिका २०७६’ बमोजिम हुने पनि केन्द्रीय बैंकले जानकारी गराएको छ । यही वैशाख मसान्तभित्र सम्बन्धित निकायको समन्वयमा सम्पूर्ण खाता खोली अद्यावधिक गर्न समेत केन्द्रीय बैंकले भनेको छ ।
इमेल मार्फत सरकारी कारोबारको नियमित प्रतिवेदन पेश गरिंदै आएको छ । सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकाले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीको व्यक्तिगत इमेलमार्फत प्रतिवेदन पेश हुने गरेको पाइएको छ । सरकारी कारोबार सम्बन्धी प्रतिवेदन पेश गर्न छुट्टै इमेलको व्यवस्था गरी सोहीमार्फत पत्राचार गर्न पनि केन्द्रीय बैंकले भनेको छ ।
prabhu mahalaxmi
kumari