stcnepal long ad
ime life insurance
national life
global ime bank long

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्युआर। कोड हस्तान्तरण गरेको छ ।

डिजिटल बैंकिङ्गमा देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्युआर कोड हस्तान्तरण गरेको हो ।

यसबाट देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने उद्देश्यले बैंकले “नेपाल नाई संघ”लाई क्युआर हस्तान्तरण गरेको जनाएको छ ।

कार्यक्रममा नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गर्नु भएको थियो ।

उक्त क्युआर हस्तान्तरण पछि माछापुच्छ्रेका ग्राहकले नेपाल नाई संघमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्नेछन् ।

नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari