सिभिल बैंकका ग्राहकलाई ४० वटा कम्पनीको सेवामा विशेष छुट
काठमाडौं । सिभिल बैंकका ग्राहकलाई ४० वटा कम्पनीको विभिन्न सेवामा विशेष छुट हुने भएको छ ।
विभिन्न बस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली “सिभिल स्मार्ट – मोवाइल बैंकिङ्ग एप” अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा निम्न वमोजिमका आकर्षक छुटहरु पाउने गरिएको बैंकले जनाएको छ ।
बैंकले हालसम्म यस्ता विभिन्न ४० साझेदारहरु संग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ ।
यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्टले बताएका छन् ।
करिव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटीएम रहेको बैंकले जनाएको छ ।


























