evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

होटल शारा पोखरामा सांग्रिला बैंकका ग्राहकले ३० प्रतिशतसम्म छुट पाउने

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई पोखराको होटल शारामा विशेष छुट पाउने  सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्वप्रसाद जोशी र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी प्रमुख जानुुका सुुवेदी भण्डारीले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना, पेय पदार्थ तथा साउना,स्पामा १५ प्रतिशत तथा आवासमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले हालसम्म मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै सेवा प्रबाह गरिरहेको बैकका बजार व्यवस्थापन प्रमुख अर्पणा बज्राचार्यले बताइन ।

igi long
himalayan life insurance long ad