stcnepal long ad
ime life insurance
global ime bank long

एनआईसी एशिया बैंकका ग्राहकले ग्यालेक्सी स्पेसियालिटिमा छुट पाउने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले ग्यालेक्सी स्पेसियालिटि क्लिनिक एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा छुट पाउने भएका छन् ।

महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी बैंक, क्लिनिक र सेन्टर बीच समझदारी भएको हो ।

समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार बैंकका ग्राहकहरुले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको हो ।

prabhu mahalaxmi
kumari