stcnepal long ad
ime life insurance
national life
global ime bank long

वैशाख २१ गतेदेखि सेन्चुरी कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने

६० प्रतिशत अर्थात् १३ लाख २० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी वैशाख २१ गतेदेखि सेन्चुरी कमर्सियल बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २२ लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ६० प्रतिशत अर्थात् १३ लाख २० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख ८० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

यो मध्ये १० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । सेन्चुरीले १० वर्ष अवधिको ‘सेञ्चुरी डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.५० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यस ऋणपत्रमा वैशाख २५ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ ४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख ७० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

IME Lifesidebar
kumari